निर्वाचनका लागि दार्चुलामा एक हजार बढी कर्मचारी खटाइँदै

SATYAM ROY

निर्वाचनका लागि दार्चुलामा एक हजार बढी कर्मचारी खटाइँदै

दार्चुला — स्थानीय तह निर्वाचनका लागि दार्चुलामा एक हजारभन्दा धेरै कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय १० मतदानस्थल र एक सय ३९ मतदान केन्द्रमा एक हजार ८१ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



जिल्ला निर्वाचन अधिकारी प्रदिपसिंह धामीका अनुसार निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउनेबारे आन्तरिक तयारी पूरा भइसकेको छ । निर्वाचन सम्पन्न गर्न दुई सय ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, दुई सय ४७ जना सहायक कर्मचारी, एक सय ३९ जना कार्यालय सहयोगी र चार सय १७ जना स्वयंसेवक खटाइने छ ।

यसका लागि हाल कर्मचारीहरुको सूची तयार पारिसकेको तथा वैशाख २७ गतेभित्र सम्बन्धित मतदानस्थल तथा मतदान केन्द्रहरुमा पुग्ने तयारी भइरहेको उनको भनाइ छ ।

जिल्लाको महाकाली नगरपालिकामा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्य, ब्यास गाउँपालिकामा कौशलेश्वर ज्ञवाली, दुहु गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओमप्रसाद भट्टराई, लेकम गाउँपालिकामा ज्ञानेन्द्र पराजुली, शैल्यशिखर नगरपालिकामा हरिसिंह धामी, नौगाड गाउँपालिकामा गोबिन्दराज सेदाई, मार्मा गाउँपालिकामा लवराज जोशी र अपीहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृत भएर खटिएका छन् । जिल्लामा ८८ हजार २ सय १५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

Popular posts from this blog

WHO IS DRS GAMING - EXPLAIN IN DETAIL

A VERY GOOD INSPIRATION BOY FROM NEPAL AKA MRB VLOG.

15 lesson I have learned from 15 years of my life (you need to know)