काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार र्यापर बलेन शाहले आज चुनावी चिन्हमा लठ्ठी पाएका छन् ।
SATYAM ROY
काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार र्यापर बलेन शाहले आज चुनावी चिन्हमा लठ्ठी पाएका छन् ।
चुनाव चिन्ह पाएपछि शाहले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘लाठी मेरो चुनावी चिन्ह हो । यसलाई वृद्धवृद्धाहरूलाई सहयोग गर्न र भ्रष्टहरूलाई सजाय दिन पनि प्रयोग गर्न सकिन्छ।”
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारका लागि आज सबै दल र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराएको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगमा दर्ता भएका दलले आ–आफ्नो चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्र उम्मेदवारलाई आयोगले नै चुनाव चिन्ह उपलब्ध गराएको छ ।
उम्मेदवारहरूले अब मौन अवधि सुरु नभएसम्म प्रचार अभियान सञ्चालन गर्न अनुमति दिएका छन्। स्थानीय तहको निर्वाचन वैशाख १३ गते हुने भएको छ ।
Comments
Post a Comment