काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबिरुद्ध बिप्लव नेतृत्वको नेकपाले काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध तत्काल फिर्ता लिन माग गर्दै नेकपाले बिहीबार काठमाडौँको शान्ति वाटिकामा बिरोध प्रदर्शन गरेको हो ।
काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबिरुद्ध बिप्लव नेतृत्वको नेकपाले काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध तत्काल फिर्ता लिन माग गर्दै नेकपाले बिहीबार काठमाडौँको शान्ति वाटिकामा बिरोध प्रदर्शन गरेको हो ।
जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्य वृद्धि गर्दै आएको उसको आरोप छ । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका नेता माइला लामाले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसक्ने बताए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा समेत गरेको उनले बताए ।
आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ७५ रूपैयाँ बढाएर ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।
Comments
Post a Comment