बिजुली खेर जाने जोखिम कायमै, तामाकोशीमा भारतको तगारोले सकस

SATYAM ROY

बिजुली खेर जाने जोखिम कायमै, तामाकोशीमा भारतको तगारोले सकस

नेपालले भारतमा साढे ३०० मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न थाले पनि देशभित्रको खपत दरले उत्पादित सबै बिजुली उपयोग हुने अवस्था छैन । त्यसैकारण नेपाल विद्युत् प्राधिकरण भारतले थप बिजुली निर्यातको अनुमति दिने र खपत नहुने सबै बिजुलीबाट राम्रो आम्दानी गर्न सकिनेमा आशावादी छ ।

तर, भारतले गरेको ढिलाइ र अर्घेल्याइँका कारण ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय यो वर्षायाममा एक युनिट पनि बिजुली खेर नफाल्नुपर्ने अवस्था आउनेमा निश्चिन्त हुन भने सकेको छैन । मन्त्रालयका अनुसार नेपालको विद्युत् उत्पादनको जडित क्षमता करिब २ हजार २०० मेगावाट नाघिसकेको छ । वर्षायाममा नदीको सतह बढ्ने भएकाले सबैजसो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन हुन्छ ।तर, नेपालले अधिकतम् साढे १७ सय मेगावाटसम्म मात्रै बिजुली खपत गर्न सक्छ । अझ रातको समयमा विद्युत खपतको दर करिब १ हजारदेखि १ हजार २०० मेगावाटसम्म झर्छ । यही कारण नेपालले वर्षायाममा रातको समयमा ठूलो परिमाणमा बिजुली भारत निर्यात गर्नुपर्ने अवस्था छ ।

तर, अहिलेसम्म भारतले करिब ३६४ मेगावाट मात्रै बिजुली भारत निर्यातको लागि अनुमति दिएको छ । अहिले नै अनुमति पाएजति बिजुली भारत गइरहेको छ । अझ मध्य वर्षायाममा उत्पादन हुने सबै बिजुली खपत हुन सक्ने अवस्था छैन ।नदीमा बाढी हट्ने भएकाले असोजदेखि मध्य मंसिरसम्म प्राधिकरणलाई उत्पादित सबै बिजुलीको बजार व्यवस्थापन गर्न सकस छ । प्राधिकरणका अनुसार विशेषगरी मध्यवर्षायाम र दशैं–तिहारको समयममा राति बिजुली खरेर फाल्नुपर्ने अवस्था कायमै छ । तर, त्यो बिजुली कति परिमाणको हुन्छ भन्ने यकीन छैन ।


Comments

Popular posts from this blog

WHO IS DRS GAMING - EXPLAIN IN DETAIL

A VERY GOOD INSPIRATION BOY FROM NEPAL AKA MRB VLOG.

15 lesson I have learned from 15 years of my life (you need to know)