अब बत्ति गइरहने समस्या समाधान हुन्छ : कुलमान घिसिङ

SATYAM ROY

अब बत्ति गइरहने समस्या समाधान हुन्छ : कुलमान घिसिङ

  काठमाडौँलगायत केही स्थानमा बेलाबेलामा विद्युत् जाने समस्या अब समाधान हुने नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताएका छन् ।

चिसाेयामका कारण खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको उनकाे भनाइ छ । शुक्रबार पत्रकार सम्मेलन गरेर उनले अहिले देखिएको समस्या क्षणिक भएको र त्यसलाई सुधार्ने काम सुरु भइसकेको जानकारी गराए ।

पुसे झरी लाग्दा चिसो बढेपछि काठमाडौँमा एकाएक विद्युत्को माग बढेका कारण अनामनगर, डिल्लीबजार, इमाडोल, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज क्षेत्रका ट्रान्सफर्मरले लोड धान्न नसकेका कारण विद्युत्को नियमित आपूर्तिमा समस्या देखिएको बताए ।

उनले भने, ‘करिब ५० देखि ६० वटा ट्रान्सफर्मर ड्रप भएको हो । निरन्तर पानी परेकाले तत्काल फेर्न केही कठिनाइ भएकाले ती क्षेत्रका उपभोक्तालाई असजिलो परेको हो । आजसम्ममा ती ट्रान्सफर्मर फेरिसक्ने गरी काम भइरहेको छ ।’

उनले आगामी दिनमा काठमाडौँ उपत्यकामा विद्युतीय सामग्रीको उपयोग बढ्दै जाँदा विद्युत्को माग पनि बढ्ने आँकलन गरेर उपत्यका वरपर १० वटा सबस्टेसन बन्ने क्रममा रहेको र त्यसबाट १३२ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति गर्न सकिने जानकारी दिए ।

केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकाले पनि समस्या आउने गरेको भन्दै उनले सबस्टेशन बनाउन दिन स्थानीयवासीलाई आग्रह गरे । 

उनले प्राधिकरणले विद्युत् लोडको अवस्था के कस्तो हुनेछ भन्ने अध्ययन गरिरहेको बताए ।

Comments

Popular posts from this blog

अस्ट्रेलिया र दक्षिण अफ्रिका दुबैका लागि निर्णायक दिन

HAPPY BIRTHDAY STAR CRICKETER OF NEPAL SANDEEP LAMICHHANE.

Trailer for 'Avatar 2': Indigenous Peoples on Earth