नेपाली कांग्रेस प्रदेश २ को शनिबार बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद

SATYAM ROY



धनुषा : नेपाली कांग्रेस प्रदेश २ को शनिबार बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनीहरुका निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत प्राप्त गरेका छन्।

सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने उनीहरुका निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव ८८९ मत ल्याएर विजयी भएका छिन् छ भने उनकी निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरेकी छन्।

यसअघि शुक्रबार नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन्। यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका थिए भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए।

प्रदेश समितिका सदस्य पदको मतगणना भइरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए।


Comments

Popular posts from this blog

WHO IS DRS GAMING - EXPLAIN IN DETAIL

15 lesson I have learned from 15 years of my life (you need to know)

A VERY GOOD INSPIRATION BOY FROM NEPAL AKA MRB VLOG.